७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘लाज शरणम्’ले पायो सेन्सर पास, बुधवार नै रिलिज हुने



अ+ अ-

काठमाडौं। सेन्सर पास भएसँगै टेलिशृङ्खला ‘सक्किगोनि टीम’ द्वारा निर्माण गरिएको चलचित्र’लाज शरणम्’ बुधवार नै प्रदर्शनमा आउने भएको छ ।

यसअघि अदालतमा पात्रको विषयलाई लिएर परेको मुद्दाका कारण प्रदर्शनबारे अन्योलत सिर्जना हुँदै आएको थियो । तर केन्द्रीय चलचित्र जाँच पास समितिले सेन्सर पास गर्दै देशभर पदर्शनको अनुमति दिएसँगै पूर्वनिर्धारित मिति बुधबारदेखि नै फिल्म प्रदर्शनमा आउने निश्चित भएको उक्त फिल्मका कलाकार सागर लम्सालले जानकारी दिए ।

उच्च अदालत पाटनले सेन्सरअघि फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको थियो । यस्तै सोही प्रचारका लागि सक्किगोनिका लागि खिचिएको एपिसोड समेत प्रदर्शन भएको थिएन ।

सीताराम कट्टेल (धुर्मुस) ले फिल्ममा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलम जस्तै देखिने चरित्र चित्रण गरेको भन्दै गत मंगलबार फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो ।

सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो । तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो । यस फिल्मलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अर्थात्, सबै उमेर समूहले यस फिल्मलाई हेर्न पाउनेछन् ।

फिल्ममा प्रमुख भूमिका निभाउने कलाकारहरू सागर लम्साल, अर्जुन घिमिरे, प्रियाना आचार्य, हरिष निरौला, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्म कुमार कट्टेलले निर्देशन गरेका हुन्।

‘लाज शरणम्’ फिल्मको निर्माण जेपिटी क्रियसन ब्यानरअन्तर्गत गरिएको हो, जसका निर्माता नवीन श्रेष्ठ हुन्। फिल्मको छायांकन सुदीप बरालले गरेका छन्।