२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान

कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
अ अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाले हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले पछिल्लो कार्यकालको अवधिमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको जानकारी दिए । त्यसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्र छ हजार ८४७ जनाले उक्त सेवा लिइसकेका उनले बताए ।

प्राप्त जानकारीअनुसार प्रमुखको इजलासले हेर्ने ३०६ वटा विवाद समाधानका लागि ३३ पटक सुनुवाइ भई एक सय ७४ विवादमा निर्णय गरिएको छभने ६५ वटा विवाद तामेलीमा र छ विवादमा मिलापत्र गरिएको छ । प्रमुखको इजलासबाट ८० दशमलव ०६ प्रतिशत विवाद निरुपण भएका छन् । प्रमुखको इजलासमा भवन निर्माणको मापदण्डलगायत विवाद हेरिन्छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रियाबाट स्थानीय तहको न्यायिक समितिले काम गर्छ । कानुनका सर्वमान्य सिद्धान्त, नजिरको सिद्धान्त साथै प्रचलित ऐन कानुनको मूल्यमान्यतामा आधारित भएर समितिले हालसम्म ८३ पटक सुनुवाइ गरी न्याय निरुपण गरेको उपप्रमुख डङ्गोलले बताए ।

कुल छ सय आठ विवाद निरुपण हुँदा तीन सय २६ वटा विवादमा निर्णय भएको छभने एक सय ४१ विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । एक सय ३२ निर्णयउपर पुनरावेदन परेकामा १५ विवाद पुनरावेदन तहबाट टुङ्गिएका छन् । यस्तै, न्यायिक समितिका १३ वटा निर्णय पुनरावेदन तहबाट सदर भएका छन् । समितिले गरेका एक सय छ निर्णय कार्यान्वयन भइसकेका छन्भने ८८ वटा निर्णय कार्यान्वयनको प्रक्रियामा रहेका छन् । हाल न्यायिक समितिमा एक सय ४० विवाद विचाराधीन अवस्थामा रहेका जनाइएको छ ।

महानगरबाट आफ्नो क्षेत्रभित्र बसोबास गर्ने असमर्थ, विपद्मा परेका, आर्थिक, सामाजिक वा अन्य कारणले नेपालको संविधान तथा प्रचलित कानुनप्रदत्त अधिकारको प्रचलनका लागि न्यायिक उपचार प्राप्त गर्नबाट वञ्चित व्यक्तिलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने गरिएको छ । विसं २०८० चैत १८ बाट कामपाले खर्च बेहोर्ने गरी यो सेवा प्रारम्भ गरिएको थियो ।

विवाद निरुपणका लागि कामपाले विवाद निरुपण ९कार्यविधि० ऐन, २०७५, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८, वडा महिला सञ्जाल कार्यविधि, २०७९, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९, घर बहाल व्यवस्था निर्देशिका, २०७९, कानुनी सहायतासम्बन्धी कार्यविधि, २०८०, काठमाडौँ महानगरपालिका बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८०, साथी महानगर कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याएको छ । रासस