२४ मंसिर २०८२, बुधबार
,
Latest
‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु रामेछापका जुनार किसानको सक्रियता बढ्यो पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै लुम्बिनीविरुद्ध टस जितेर काठमाण्डु ब्याटिङमा महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार



अ+ अ-

पर्सा । देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ ।

कोरोना महामारी र सोपाछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको सङ्कुचनले गर्दा राजस्व सङ्कलन घट्दै गएकामा पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदैछ ।

साउन महिनाका लागि भन्सार विभागले रु चार अर्ब ७३ करोड ३१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले रु तीन अर्ब ७५ करोड २२ लाख सङ्कलन गरेको थियो भने माघका लागि रु चार अर्ब ६२ करोड ४८ लाख लक्ष्य तोकिएकामा कार्यालयले रु चार अर्ब २९ करोड ९२ लाख सङ्कलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए ।

उनले लामो समयदेखि औद्योगिक कच्चा पर्दाथको न्यून आयात हुँदै आएकामा पछिल्लो केही महिनादेखि सुधार हुँदै गएकाले राजस्व सङ्कलनमा पनि सुधार देखिएको बताए ।

बारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित फलाम उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात बढेकाले आउने दिनमा राजस्व सङ्कलनमा थप सुधार हुने अपेक्षा गरिएको कार्यालय प्रमुख बरुवालको भनाइ छ । उनले औद्योगिक कच्चा पदार्थको आयातमा क्रमिक सुधार देखिए पनि मदिरा र बिलासी उपभोग्य वस्तुको आयातमा खासै सुधार नभएको बताए ।

समग्रमा चालु आर्थिक वर्षका सात महिनामा लक्ष्यको ८२ प्रतिशत र वार्षिक लक्ष्यको ४६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । विभागले कार्यालयका लागि सात महिनामा कुल रु ३३ अर्ब ६९ करोड ७१ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । वर्षभरिका लागि भने रु ६० अर्ब चार करोड ८७ लाख लक्ष्य दिएको छ ।