५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले लेस्टरलाई हरायो, मेरिनो बने नायक



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सलले जित निकालेको छ । भखैरै सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा गोल निस्कन अन्तिमसम्म कुर्नुपर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दुई गोल पनि अन्तिमतिर भयो ।

बैकल्पिक खेलाडी मिकेल मेरिनोले आर्सनलको उद्दार गरे । टोलिका लागि उनले दुबै गोल गरेका हुन् । मेरिनोले खेलको ८१ औं मिनेटमा लिभवाइर न्वनेरीको क्रसमा हेडरमार्फत सुन्दर गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए ।

यस्तै, ८७ औं मिनेटमा व्यक्तिगत तथा टोलिका लागि उनले दोस्रो गोल गरे । लियान्ड्रो ट्रोसार्डको क्रसमा उनले देब्रे खुट्टाले ट्यापिङ गर्दै वान टचमा गोल गरे । लेस्टरका गोलकिपर म्याड्स हर्मान्सेनले उनको बललाई रोक्ने कुनै मौका पाएनन् ।

जितसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ । लिभरपुल २४ खेलबाट ५७ अंकका साथ शीर्षस्थानमा रहँदा एक खेल बढी खेलेको आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा छ । पराजित लेस्टर १७ अंकका साथ १८ औं स्थानमा छ ।

 




भर्खरै