२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशा गोबर्धन सम्मानित



अ+ अ-

काठमाडौँ। जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

डोजाङको आयोजनामा कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरेको हो । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष नवराज भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गरे ।