४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला



अ+ अ-

डडेल्धुरा। डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला पर्नुभएको छ । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उहाँ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।