२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला



अ+ अ-

डडेल्धुरा। डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला पर्नुभएको छ । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उहाँ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।