काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते हुनु भएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनु भएको हो ।
मन्त्री पौडेल र मेयर आचार्यको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । मन्त्री पौडेलको सचिवालयका अनुसार पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ ।
उहाँको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । उहाँ आजै काठमाडौं आउनु हुने कार्यक्रम छ ।














