१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको कथामा चलचित्र ‘राजागंज’



अ+ अ-

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दोलनलाई प्रमुख विषयवस्तु बनाइएको छ ।

चलचित्रमा मधेसकै पात्रहरुको बाहूल्यता देखिन्छन् । प्रमुख पात्रहरूकै रूपमा इन्द्रकुमार मधेसानन्द र सरोज मास (सरोज मिश्र)ले अभिनय गरेका छन् ।

त्यसैगरी पत्रकार घनश्याम मिश्र र आरती मण्डलले पनि उक्त चलचित्रमा अभिनय गरेका छन् । नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य रिङ्कु मिश्र एक नेतृको भूमिकामा चलचित्रमा देख्न पाइने जनाइएको छ । उनकी छोरी अतिथि प्रियाले पनि बाल कलाकारको रूपमा अभिनय गरेका छन् ।

चलचित्रका प्रमुख पात्रका रुपमा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेका छन् ।

निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निर्देशक रौनियारका अनुसार यो चलचित्र मधेसको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजको ऐना हो ।

उनले भने,“फिल्ममा हामीले मधेस आन्दोलनको पृष्ठभूमि मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीलाई यथार्थपरक रूपमा प्रस्तुत गरेका छौँ ।”

निर्देशक रौनियारले यो फिल्म मधेस र पहाडबीचको पुल बन्ने विश्वास व्यक्त गरे । नेपाली चलचित्रमा महिलालाई जहिल्यै सहायक पात्रमा देखाइने परिपाटी तोड्दै, मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रिचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा भनेका छन्, “यो त ‘राजागंज’ नभएर ‘रानीगंज’ हुनुपर्ने हो ।”

नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देशसहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।