१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिसम्बन्धी अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँः लोसपा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्नेमा पार्टीको निर्णय रहेको बताएका हुन् ।

संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताउदै अध्यक्ष ठाकुरले सो नसच्चाए पार्टी सरकारबाट बाहिरिने बताए । मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उनको भनाई छ ।

उनले अध्यादेश नसच्चाए आन्दोलनका कार्यक्रमहरू समेत अघि बढाइने चेतावनी दिए ।