१३ चैत्र २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजत पाटीदार बने आरसीबीको नयाँ कप्तान



विराट कोहली र रजत पाटीदार ।
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई नयाँ कप्तान बनाएको छ ।

आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो ।

आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो । तर टोली व्यवस्थापनले कप्तानमा पाटीदारको नाम घोषणा गरेको हो ।

आइपिएल २०२५ को मेगा अक्सन अघि आरसीबीले तीन खेलाडीलाई मात्रै रिटेन गरेको थियो जसमा रजत पाटीदार पनि थिए । पाटीदारलाई टोलीले ११ करोड भारुमा राखेको थियो । पाटीदारबाहेक आरसीबीले विराट कोहली र यश दयाललाई पनि रिटेन गरेको थियो।

३१ वर्षीय रजत पाटीदारले सन् २०२१ मा आरसीबीबाटै आईपीएलमा डेब्यु गरेका थिए । उनले आईपीएलमा तीन सिजनमा २८ खेलमा १ सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा ७ सय ९९ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र ७ अर्धशतक बनाएका छन् ।

आरसीबीले तीन पटक फाइनल खेले पनि अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । नयाँ कप्तान पाटीदारको साथमा फ्यानहरूले पहिलो आईपीएल उपाधिको आशा गरेका छन् ।