२२ भाद्र २०८३, सोमबार
,
Latest
दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्



अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।

विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिव ३ सय सामुदायिक रेडियोहरुले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताउनु भयो । सामुदायिक रेडियोहरुले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरु बढी हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु गर्यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ति सामुदायिक रेडियोहरुले बजाउँछन् कसको समाचार रु राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’

सञ्चारमाध्यमहरु अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गर्नुभयो ।