७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्



अ+ अ-

काठमाडौँ । सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।

विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिव ३ सय सामुदायिक रेडियोहरुले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताउनु भयो । सामुदायिक रेडियोहरुले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरु बढी हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु गर्यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ति सामुदायिक रेडियोहरुले बजाउँछन् कसको समाचार रु राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’

सञ्चारमाध्यमहरु अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गर्नुभयो ।