१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनामा राख्ने रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत पुगे छविलाल जोशी



फाईल फोटो
अ+ अ-

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।

सोमबार जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । जोशीका छोरा रोचक जोशीले उक्त आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै उच्च अदालत तुलसीपुरमा निवेदन दर्ता गराएका हुन् ।

यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

यसअघि सोहि मुद्दामा रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।