२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनामा राख्ने रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत पुगे छविलाल जोशी



फाईल फोटो
अ+ अ-

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।

सोमबार जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । जोशीका छोरा रोचक जोशीले उक्त आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै उच्च अदालत तुलसीपुरमा निवेदन दर्ता गराएका हुन् ।

यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

यसअघि सोहि मुद्दामा रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।