१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभात एकेडेमीका लेखापाल श्रेष्ठले विद्यार्थीको गालामा तातो पन्युले डामिन्



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षिकाले विद्यार्थीलाई तातो पन्यूले डामेकी छन् ।

विद्यालयमा कार्यरत एकेडेमीका सञ्चालककै छोरी लेखापाल सुष्मा श्रेष्ठले बच्चाहरुले हल्ला गरेको र त्यही बीचमा एकजना विद्यार्थीले ‘काली’ भनेको निहुँमा पन्यू तताएर डामेकी हुन् ।

पन्यूको डामबाट एक बालकको गालामा कालो दाग बसेको छ भने तीन बालकको गालामा सामान्य दाग रहेको छ ।

श्रेष्ठले आफ्नो गल्ती स्वीकारेकी छन् । शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

कक्षा ४ मा पढ्ने १० वर्षका प्रमिस परियार लगायत ४ जनालाई श्रेष्ठले पनियो तताएर डामेको घाइते बालककी आमा विष्णु परियार बताउँछिन् ।

अहिले विद्यार्थीलाई नदुख्ने औषधी खुवाइएको छ भने मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घटना भएको स्वीकार गर्दै अप्रत्यासित रुपमा घटना घटेको र गर्न नहुने काम छोरीबाट भएको भन्दै क्षमायाचना गरे । घाइते बालकहरुको उपचारको लागि पहलकदमी भइरहेको उनी बताउँछन् ।