२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए



अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौं आप्रवासीलाई पनामाको प्रहरीले मङ्गलबार फिर्ता पठाएको छ ।

दङ्गा प्रहरीले क्याराभान आप्रबासीलाईलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको हो ।

नाम नबताउने एक आप्रवासीले एएफपीसँग भन्नुभयो, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब हामी फेरि घर फर्किरहेका छौँ ।”

भेनेजुएलाका आन्द्रेस परेडेसले अमेरिकाको लामो यात्राका क्रममा भोकभोकै बस्न र सडकमा सुत्नबाट जोगिन चाहेको बताएका छन् ।

“कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीहरूको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्कनका लागि पनामा पठाइनेछ,” पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

कोस्टारिकाका सुरक्षा मन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी आप्रवासनको व्यवस्थित, कानुनी, मानवीय र सुरक्षित प्रवाह सुनिश्चित गर्न चाहन्छौं ।”

कोलम्बियाबाट पनामासम्म अघोर डारिएन जङ्गल हुँदै धेरै आप्रवासीले खतरनाक यात्रा तय गरेका थिए ।

गत महिना आफ्नो कार्यभार सम्हालेको पहिलो दिन नै ट्रम्पले दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

जुलाईमा वासिङ्टनसँग भएको सम्झौतापछि पनामाले डारियन क्षेत्रका धेरै मार्गहरू बन्द गरेको छ र आप्रवासीहरूलाई अमेरिकी आर्थिक सहयोगमा कोलम्बिया र इक्वेडरलगायत देशहरूमा सडक यातायात र उडानमार्फत फिर्ता गरेको छ।