२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खसी भनेर बाख्राको मासु बेच्ने पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले खसीको भनेर बाख्राको मासु बेच्ने पुरूषलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन् । उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो ।

त्यहाँ बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको हो ।

प्रहरीले १५ किलोको बाख्राको मासु पनि बरामद गरेको छ । प्रहरीले उनीमाथि कालोबजारी सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको जनाएको छ ।