२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वसन्त’ को भ्यालेन्टाइन स्पेशल ‘मिलनको कविता’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’को कविता सार्वजनिक भएको छ । मंगलबार भ्यालेन्टाइनको शुभकामनासहित ‘मिलनको कविता’ सार्वजनिक गरिएको हो ।

‘भ्यालेनटाइन डे’ विशेष कविताको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई देखाईएको छ । भिडिओमा बसन्तले कविता सुनाईरहेको देख्न सकिन्छ ।

‘वसन्त’ले यसअघि ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक गरेको थियो ।

प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म आगामी चैत्र २२ गते चैते दसैंमा रिलिज हुँदैछ । फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।