२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वसन्त’ को भ्यालेन्टाइन स्पेशल ‘मिलनको कविता’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’को कविता सार्वजनिक भएको छ । मंगलबार भ्यालेन्टाइनको शुभकामनासहित ‘मिलनको कविता’ सार्वजनिक गरिएको हो ।

‘भ्यालेनटाइन डे’ विशेष कविताको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई देखाईएको छ । भिडिओमा बसन्तले कविता सुनाईरहेको देख्न सकिन्छ ।

‘वसन्त’ले यसअघि ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक गरेको थियो ।

प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म आगामी चैत्र २२ गते चैते दसैंमा रिलिज हुँदैछ । फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।