१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहको आग्रह : ‘आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी– युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी– युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’
(Photo/Alex Brandon)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गर्नुभएको छ ।

रुससँगको करिब तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले सोमबार प्रसारण गरिएको प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा द्वन्द्वका बारेमा छलफल गर्नुभयो ।

“उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्”, उहाँले भन्नुभयो ।

किएभको प्राकृतिक स्रोतहरू जस्ता दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उहाँले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिनुभयो ।

“हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ, र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ”, ट्रम्पले भन्नुभयो “र उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महसुस गर्दैनौँ ।”

ट्रम्पले सोमबार पनि चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गर्नुभयो । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

ट्रम्पले द्वन्द्वको छिटो अन्त्यका लागि दबाब दिइरहनुभएको छ भने जेलेन्स्कीले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहनुभएको छ ।

नाटो सदस्यता वा शान्तिरक्षा सेनाको तैनाती जस्ता कडा सैन्य प्रतिबद्धताहरू समावेश नगर्ने कुनै पनि सम्झौताले क्रेमलिनलाई पुनः समूहबद्ध हुन र नयाँ आक्रमणका लागि पुनः हतियार बनाउन अनुमति दिनेछ भन्ने डर किएभलाई छ ।

जेलेन्स्कीका प्रवक्ता सेर्गी निकिफोरोभले युक्रेनी राष्ट्रपतिले यस शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको ‘साइडलाइन’ मा भान्ससँग भेट्ने बताउनुभयो ।

जेलेन्स्कीको कार्यालयका एक स्रोतका अनुसार केलोग फेब्रुअरी २० मा युक्रेन आइपुग्नुहुनेछ तर देशको कुन भागमा उहाँले भ्रमण गर्नुहुनेछ भन्ने विवरण दिइएको छैन । उहाँको भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणको तीन वर्षे वार्षिकीको केही दिनअघि हुनेछ ।

जेलेन्स्कीले सोमबार युक्रेनका लागि ‘वास्तविक शान्ति र प्रभावकारी सुरक्षा ग्यारेन्टी’ को आह्वान गर्नुभयो ।

“जनताको सुरक्षा, हाम्रो राज्यको सुरक्षा, आर्थिक सम्बन्धको सुरक्षा र निस्सन्देह, हाम्रो स्रोतको दिगोपन स् युक्रेनका लागि मात्र होइन, सम्पूर्ण स्वतन्त्र विश्वका लागि”, जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशित एक भिडियो सम्बोधनमा भन्नुभयो, “यी सबैबारे अहिले निर्णय भइरहेको छ ।”

ट्रम्पका बैठकहरू

ट्रम्पले युद्धको अन्त्य गराउन चाहेको बताउनुभएको छ तर दुई पक्षलाई वार्ताको टेबलमा ल्याउन विस्तृत प्रस्ताव प्रस्तुत गर्नुभएको छैन ।

जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले पहिले नै एक अर्कासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिसक्नुभएको छ र दुई पक्षबीच सम्झौता हुनसक्ने कुनै आधार देखिँदैन ।

पुटिनले युक्रेनलाई किएभको अझै पनि नियन्त्रणमा रहेको रुसको दक्षिण र पूर्वी भागहरूबाट फिर्ता लिन माग गर्नुभएको छ र युक्रेन र नाटोबीचको घनिष्ठ सम्बन्धलाई अस्वीकार्य ठान्नुहुन्छ ।

यसैबीच जेलेन्स्कीले मस्कोलाई कुनै पनि क्षेत्रीय सहुलियत दिन अस्वीकार गर्नुभएको छ । यद्यपि उहाँले केही क्षेत्र फिर्ता गर्न कूटनीतिक माध्यममा भर पर्नुपर्ने हुनसक्ने स्वीकार गर्नुभएको छ ।

रुसले युक्रेनका पाँच क्षेत्रहरू – सन् २०१४ मा क्रिमिया र त्यसपछि २०२२ मा डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्झिया – लाई आफूमा गाभेको बताएको छ । यद्यपि यी क्षेत्रहरूमाथि उसको पूर्ण नियन्त्रण छैन ।

जेलेन्स्कीले सोमबार ट्रम्पसँगको बैठकको व्यवस्था भइरहेको तर मिति अझै तय नभएको बताउनुभयो भने ट्रम्पले गत हप्ता आफूले आउँदो दिनमा जेलेन्स्कीसँग ‘सम्भवतः’ भेट्ने बताउनुभएको थियो तर व्यक्तिगत रूपमा किएभको भ्रमणलाई अस्वीकार गर्नुभयो ।

ट्रम्पले न्युयोर्क पोस्टलाई बताए अनुसार उहाँले युक्रेनमा द्वन्द्वको अन्त्य गर्नेबारे छलफल गर्न पुटिनसँग फोनमा कुरा गर्नुभएको थियो र रुसी नेताले उहाँलाई उहाँ ‘मानिसहरू मर्न रोकिएको हेर्न चाहनुहुन्छ’ भन्नुभएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले फोनवार्ताको पुष्टि वा अस्वीकार गर्न अस्वीकार गर्नुभयो ।

म्युनिख सुरक्षा सम्मेलन ९एमएससी० का आयोजकहरूले सोमबार जेलेन्स्कीले फेब्रुअरी १४–१६ शिखर सम्मेलनमा भाग लिने पुष्टि गरेका छन् ।

एमएससी अध्यक्ष क्रिस्टोफ ह्युसगेनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोका साथै केलोग र भान्स सामेल हुने जानकारी दिनुभयो । उहाँले रुसी सरकारका कुनै प्रतिनिधि उपस्थित नहुने बताउनुभयो ।

यो बैठक रुसले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढिरहेको बेला हुँदैछ । डोनेट्स्क क्षेत्रमा उसले गत वर्षमा केही बस्तीहरू कब्जा गरेको छ । प्रायः महिनाौँको रूसी बमबारीले पूर्ण रूपमा ध्वस्त बनाएको छ ।

मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमाथि महिनौँ लामो बमबारी अभियान पनि चलाएको छ । आक्रमणहरूले किएभको सेनालाई सहयोग गर्ने सुविधाहरूलाई लक्षित गरेको दाबी गरेको छ ।

मङ्गलबार युक्रेनी ऊर्जामन्त्रीले ऊर्जा क्षेत्र ‘आक्रमणको निशानामा रहिरहेको’ र किएभले ‘सम्भावित परिणामहरूलाई न्यूनीकरण गर्न’ ‘तत्काल आपत्कालीन बिजुली आपूर्ति प्रतिबन्धहरू लागू गरिरहेको’ बताउनुभयो ।