१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले म्यान्चेस्टर सिटीलाई ५–१ ले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई ५–१ गोलले हराएको हो ।

खेलको दोस्रो मिनेटमा नै मार्टिन ओडेगार्डको गोलबाट घरेलु टोलि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा सिटीका एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि नै अर्थात् ५६ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

त्यसपछि ६२ औं मिनेटमा लेविस स्केली, ७६ औं मिनेटमा काइ हाभेर्ट्ज र ९०+३ औं मिनेटमा इथान न्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै आर्सनलले २४ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ ।

सिटी ४१ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।