२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले म्यान्चेस्टर सिटीलाई ५–१ ले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई ५–१ गोलले हराएको हो ।

खेलको दोस्रो मिनेटमा नै मार्टिन ओडेगार्डको गोलबाट घरेलु टोलि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ५५ औं मिनेटमा सिटीका एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि नै अर्थात् ५६ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

त्यसपछि ६२ औं मिनेटमा लेविस स्केली, ७६ औं मिनेटमा काइ हाभेर्ट्ज र ९०+३ औं मिनेटमा इथान न्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै आर्सनलले २४ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ ।

सिटी ४१ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।




भर्खरै