६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक भोलि बस्ने, एमसीसी तथा अन्य निर्णयहरूको थप कार्यान्वयनका विषयमा छलफल हुने



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बैठक तय भएको हो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो । बैठकले गरेका निर्णयहरूको थप कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुने छ । शुक्रबार तय भएको सचिवालयको बैठक नेकपाको कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

यसअघि अध्यक्षद्वय ओली र प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलसँग बुधबार छलफल गरेका थिए। उपनेता नेम्बाङले पार्टीका समसामयिक विषयमा अध्यक्षद्वयसँग बालुवाटारमा कुराकानी भएको बताए । देशको समसामयिक विषय तथा सरकारले गर्ने विभिन्न नियुक्तिका विषयमा बिहीबार काँग्रेससँग छलफल गर्ने कुराकानी पनि भएको उनले बताए । गोरखापत्र दैनिक