२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव

राप्रपा निर्वाचन चिह्नको विवादः चिह्न ‘हलो’, झन्डा ‘गाई’

राप्रपा निर्वाचन चिह्नको विवादः चिह्न ‘हलो’, झन्डा ‘गाई’
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको हो । जसअनुसार अब चिह्न एकताअघि राणा समूहले मान्दै आएको ‘हलो’ तथा झन्डा एकताअघि कमल थापा नेतृत्वको राप्रपाले मान्दै आएको ‘गाई’ अंकित हुनेछ । पार्टी एकता हुँदा भने ६ महिनाभित्र चिह्न तय गर्ने सहमति गरिएको थियो । राप्रपा केन्द्रीय सदस्य जनक पाठकले निर्वाचन चिह्नमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको दाबी गरे ।

‘निर्वाचन चिन्हमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको छ,’ पाठकले राजधानीसँग भने । तीन अध्यक्षबीच अझै पनि पार्टीको विधानका विषयमा सहमति जुट्न बाँकी छ । थापा पक्षीय नेताहरू आफ्नो पक्षबाट पहिले निर्वाचन आयोगमा बुझाइएको विधानलाई नै एकीकृत पार्टीको अन्तरिम विधान कायम गरिनुपर्ने पक्षमा छन् भने राणा–लोहनी पक्ष त्यसो गर्दा पार्टी एकताको भावनाविपरीत हुने भन्दै त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् । तर थापा पक्षले भने एकीकरणको भावनाअनुरूप हुने गरी सामान्य संशोधन गरेर जान सकिने मत राख्दै आइरहेको छ । सो पक्षले राजासहितको प्रजातन्त्र एकीकरणको भावनाको मूल लक्ष्य रहेकाले सो कुरा पुरानो विधानमा पनि रहेको, अध्यक्ष एक जना रहने भन्नेमा तीन अध्यक्ष भन्ने शब्द राख्ने, केन्द्रीय समिति १ सय ६५ सदस्यीय भन्नेमा ३ सय २७ राख्ने र चिह्नमा हलो राखेर सामान्य संशोधन गरी पुरानै विधानलाई अन्तरिम विधान मान्न सकिने भन्दै आइरहेको छ ।

तर, राणा–लोहनी समूह भने राप्रपामा पार्टी परित्याग नभई एकीकरण गरेर आएको भन्दै एकीकरणकै भावनाअनुरूप हुनुपर्ने अडानमा छन् । राप्रपा नेता मोहन श्रेष्ठले एकताको भावनाअनुरूप नै शीर्ष तहमा छलफल भइरहेको तथा केही विषयमा सहमति जुटेको र केहीमा सहमति नजिक पुगिसकेको भन्दै त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गरिने बताए । ‘एकताको भावनाअनुरूप नै शीर्ष तहमा छलफल भइरहेको छ, केही विषयमा सहमति भयो, केहीमा सहमति नजिक पुगिसकिएको छ, शीर्ष सहमतिपछि केन्द्रीय समितिबाट अनुमोदन गर्छौं,’ नेता श्रेष्ठले भने । राप्रपाद्वारा एकताको आधार पत्रलाई व्याख्या र विवादित विषय टुंगाउन ६ सदस्यीय कार्यदलसमेत बनाइएको थियो । कार्यदलमा रहेका नेताहरू नै विषयको व्याख्यामा पुरानै गुटअनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निर्णय गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको थियो ।

राप्रपाका तीन समूहबीच एकीकरण भइसके पनि केही विषयमा विवाद जारी रहँदा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन । राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र डा। प्रकाशचन्द्र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गर्दै विवादित विषयलाई ६ महिनाभित्र टुंग्याउने सहमति गरेका थिए । राजधानी दैनिक