२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लिभरपुल र बर्नमाउथको फराकिलो जित, आर्सनलको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले इप्सविच टाउनलाई ४–१ गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई तथा डोमिनिक सोबोज्लाइ र मोहम्मद सलाहले एक–एक गोल गरे । इप्सविचका जाकोव ग्रिभ्सले एक गोल फर्काए ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २२ खेलबाट ५३ अंक छ । इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।

 

यस्तै, गएराति नै भएको अर्को खेलमा बर्नमाउथले नटिङहमलाई ५–० गोलले हरायो । घरेलु टोलिको जितमा डाङ्गो ओउटाराले ह्याट्रिक गरे भने जस्टिन क्लिभर्ट र एन्टोनि सेमेन्योले एक–एक गोल गरे ।

खेलको नवौं मिनेटमा नै क्लिभर्टको गोलबाट बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ५५,६१ र ८७ औं मिनेटमा गोल गर्दै ओउटाराले ह्याट्रिक गरे ।

यस्तै, खेलको इन्जुरी समयमा सेमेन्योले गोल थप्दै बर्नमाउथलाई ५–० को जित दिलाए ।

यो नतिजापछि बर्नमाउथ २३ खेलबाट ४० अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ । नटिङहम ४४ अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वल्भ्सलाई १–० गोलले हरायो । पाहुना टोलि आर्सनललाई जित दिलाउन एकमात्र गोल रिकार्डो कालाफिओरीले गरे ।

उनले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन् । खेलको ४३ औं मिनेटमा लेविस स्केलीले रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

यता, ७० औं मिनेटमा वल्भ्सका जोआओ गोमेजले पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

जितसँगै २३ खेलबाट ४७ अंक जोडेको आर्सनल अंकतालिकाको दोस्रो स्थानमा छ । वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।




भर्खरै