१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलले हराएको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन होस्को जिभार्डिओल, एर्लिङ हालाण्ड र फिल फोडेनले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै नोनी माडुएकेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर चेल्सी उक्त एक गोलमै सिमित बन्यो ।

४२ औं मिनेटमा जिभार्डिओलले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए ।

६८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता बनाए भने ८७ औं मिनेटमा फोडेनले गोल थप्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटी २३ खेलबाट ४१ अंकका साथ चौंथो स्थानमा उक्लिएको छ । चेल्सी ४० अंकका साथ छैटौं स्थानमा छ ।