३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप दुई लाख ५८ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए । 

भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म सङ्क्रमित मध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको हो । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ४५१ रहेको छ ।