२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अन्तर्राष्ट्रिय कराते खेल्ने टोलीको बिदाइ



अ+ अ-

काठमाडौं । दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।
टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ ।

सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रा.लि. का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सम्झना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितका लागि टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ ।

पेरिसपछि ४ सदस्यीय टोलीनै जनवरी २४ मा लन्डन जाने कार्यक्रम छ । त्यहाँ खेलाडीले डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगिता जनवरी ३० तारिखमा हुने छ । लन्डनमा पनि सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का पूर्व निर्देशक डा। प्रकाश प्रधान, नेपाल भारोत्तोलन संघका अध्यक्ष

रामकृष्ण श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र, राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका नासु राजेश श्रेष्ठ र एकेएफ रेफ्री समेत रहेका मानसिंह डोजोका प्रमुख महेश महर्जनले सोमबार त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । टोलीका लागि ट्रयाक सुट अध्यक्ष श्रेष्ठले प्रायोजन गरेका हुन् ।