१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड
अ अ+ अ-

नेपालगन्ज: विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।

शनिवार खजुराको सितापुर गौघाटमा भएको गौघाट ग्रीन रनमा छात्र ६ किलोमिटरमा शुक्र माविका बिशाल प्रथम हुँदा जनसेवा माविका उपेन्द्र बम दोस्रो र जनसेवाकै निशान्त विक तेस्रो भए । त्यसैगरी ३ किमी छात्रातर्फ जनता माविका आयुष्मा पहिलो हुँदा जनता माविका कबिता क्षेत्री दोस्रो र जनसेवा माविका मेलिसा घर्ती तेस्रो भए ।

किड्स रन(१२ बर्ष मुनि)मा छात्रतर्फ योगिनी माविका शिव विक, जनसेवा माविका शिसीर सुनार र योगिनी मावि समीर सार्की शीर्ष तीन स्थानमा आए । त्यस्तै छात्रातर्फ जनसेवा माविका सिम्रन दमाई, नेरा प्रावि गुराँसपुर बर्षा चन्द ठकुरी र योगिनी माविका करुणा चनारा पहिलो दोस्रो र तेस्रो भए ।

कार्यक्रममा योगिनी माविलाई बेस्ट पार्टिसिपेसन अवार्ड तथा शुक्र माविलाई फास्टेस्ट रनिस्ट्रेसन अवार्ड प्रदान गरियो । योगिनीले १९२ जना सहभागी गराएर यो अवार्ड प्राप्त गरेको हो भने शुक्रले सबैभन्दा पहिले ७५ जना दर्ता गरेको हुँदा फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको थियो । तीन किलोमिटर दौड पुरा गरेकोमा ८५ बर्षीय शोकबहादुर खत्री र ८० बर्षीय धनबहादुर महतारालाई बिशेष सम्मान गरियो । त्यस्तै फरक क्षमता भएका(सुस्त श्रवण)मध्ये ६ जनाले पनि दौड पुरा गरेका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रवक्ता एवं वडा नं २ अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

खजुरा गाउँपालिका वडा नं. २ सँगको सहकार्यमा सात सय जना दौड पुरा गर्ने सबैलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो । दौड पुरा गर्ने सबैलाई पदक वितरण गरिएको थियो । हरेक विधाका शीर्ष १२ जनालाई मंसिर ५ गते हुने १२औं धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए । एक बर्षमा सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने दश जनालाई आयोजकले बिशेष ढंगले पुरस्कृत गर्ने जनाएको छ ।

यसले विद्यार्थी शिक्षक र अभिभावकलाई थप उत्साहित बनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका संस्थापक सदस्यसचिव भिम ओलीले बताए । हरेक बर्ष असोजको पहिलो हप्ता गौघाट ग्रीन रन आयोजना गरिनेछ । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गौघाट ग्रीन रन हुँदै आएको छ । गौघाट ग्रीन रनमा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नं २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन, योगिनी युवा क्लबको सहकार्य रहेको छ ।