१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड
अ अ+ अ-

नेपालगन्ज: विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।

शनिवार खजुराको सितापुर गौघाटमा भएको गौघाट ग्रीन रनमा छात्र ६ किलोमिटरमा शुक्र माविका बिशाल प्रथम हुँदा जनसेवा माविका उपेन्द्र बम दोस्रो र जनसेवाकै निशान्त विक तेस्रो भए । त्यसैगरी ३ किमी छात्रातर्फ जनता माविका आयुष्मा पहिलो हुँदा जनता माविका कबिता क्षेत्री दोस्रो र जनसेवा माविका मेलिसा घर्ती तेस्रो भए ।

किड्स रन(१२ बर्ष मुनि)मा छात्रतर्फ योगिनी माविका शिव विक, जनसेवा माविका शिसीर सुनार र योगिनी मावि समीर सार्की शीर्ष तीन स्थानमा आए । त्यस्तै छात्रातर्फ जनसेवा माविका सिम्रन दमाई, नेरा प्रावि गुराँसपुर बर्षा चन्द ठकुरी र योगिनी माविका करुणा चनारा पहिलो दोस्रो र तेस्रो भए ।

कार्यक्रममा योगिनी माविलाई बेस्ट पार्टिसिपेसन अवार्ड तथा शुक्र माविलाई फास्टेस्ट रनिस्ट्रेसन अवार्ड प्रदान गरियो । योगिनीले १९२ जना सहभागी गराएर यो अवार्ड प्राप्त गरेको हो भने शुक्रले सबैभन्दा पहिले ७५ जना दर्ता गरेको हुँदा फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको थियो । तीन किलोमिटर दौड पुरा गरेकोमा ८५ बर्षीय शोकबहादुर खत्री र ८० बर्षीय धनबहादुर महतारालाई बिशेष सम्मान गरियो । त्यस्तै फरक क्षमता भएका(सुस्त श्रवण)मध्ये ६ जनाले पनि दौड पुरा गरेका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रवक्ता एवं वडा नं २ अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

खजुरा गाउँपालिका वडा नं. २ सँगको सहकार्यमा सात सय जना दौड पुरा गर्ने सबैलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो । दौड पुरा गर्ने सबैलाई पदक वितरण गरिएको थियो । हरेक विधाका शीर्ष १२ जनालाई मंसिर ५ गते हुने १२औं धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए । एक बर्षमा सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने दश जनालाई आयोजकले बिशेष ढंगले पुरस्कृत गर्ने जनाएको छ ।

यसले विद्यार्थी शिक्षक र अभिभावकलाई थप उत्साहित बनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका संस्थापक सदस्यसचिव भिम ओलीले बताए । हरेक बर्ष असोजको पहिलो हप्ता गौघाट ग्रीन रन आयोजना गरिनेछ । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गौघाट ग्रीन रन हुँदै आएको छ । गौघाट ग्रीन रनमा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नं २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन, योगिनी युवा क्लबको सहकार्य रहेको छ ।