१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
अ अ+ अ-

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुईदिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वासिङ्टन डिसीतर्फ गएराति प्रस्थान गर्नुभएको छ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका वरिष्ठ अधिकारी तथा निजी क्षेत्रका लगानीकर्तासँग छलफल गर्नुहुने अर्थ मन्त्रालयले जनाएको छ ।

छलफलमा द्विपक्षीय सहकार्य सुदृढीकरण, भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माण, नेपाललाई वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने प्रयास तथा समग्र आर्थिक सुधारका विषयमा केन्द्रित हुनेछ।

प्रतिनिधिमण्डलले सडक तथा विद्युत् प्रसारण लाइनलगायत ठूला पूर्वाधार आयोजनामा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने सम्भावनाबारे पनि छलफल गर्नेछ।

मन्त्री वाग्ले केही अघि मात्र एसियाली विकास बैंकको कतारको दोहामा सम्पन्न गभर्नर्स बैठकमा सहभागी भएर नेपाल फर्कनु भएको थियो । यसअघि उहाँ भारत भ्रमण गरी भारतीय अर्थमन्त्री निर्मला सिथारमण समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरी नेपाल र भारतका सहयोगका क्षेत्रमा विचारविमर्श गर्नु भएको थियो ।