६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण



अ+ अ-

तनहुँ । रोटर्याक्ट क्लब अफ भिमादले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार भिमाद नगरपालिका-२ स्थित रघु माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका सबैजना ४८ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष अनिल शर्माले जानकारी दिए ।

गरिब, विपन्न, र जेहेन्दार विद्यार्थीहरू पहिचान गरी न्यानो कपडा साथै शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएकोमा विद्यालयका प्रधानाध्यापक विष्णु थापाले धन्यवाद व्यक्त गरे ।