९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
अ अ+ अ-

सुदूरपश्चिम। दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित अधिकारीसँग जानकारी लिँदै सतर्क रहन निर्देशन दिनुभएको हो ।

नदी थुनिएपछि पानीको सतह बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले नदी किनारका बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रहसमेत गर्नुभएको छ ।

उहाँले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको उहाँँको सचिवालयले जनाएको छ ।

उहाँले आन्तरिक मामिला मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न र आवश्यक परे तत्काल खोज, उद्धार तथा राहतका लागि परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । नदी आसपास उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले  अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेर नदी आंशिक रूपमा थुनिएपछि सम्भावित जोखिमबाट बच्न तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।

पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने र त्यसबाट जोखिम उत्पन्न हुन सक्ने प्रशासनले जनाएको छ । वर्षा र बाढीबारे जानकारी लिन १११५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल ११४४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

यसैबीच, नदी आंशिक रूपमा थुनिएको खबर प्राप्त हुनासाथ सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सशस्त्र प्रहरीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल चमेलिया जलविद्युत् सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद खड्काको कमाण्डमा १० जनाको टोली सूचना प्रवाहका लागि खटिएको सशस्त्र प्रहरी बल,नेपाल वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

टोलीले चमेलिया नदी आसपासका बस्ती तथा चमेलिया जलविद्युत् उत्पादन केन्द्रको इलाकामा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सतर्क रहन माइकिङ गर्ने  काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“हाल नदीको बहाव सामान्य रहेको जानकारी छ । तथापि, पछि उत्पन्न हुने जोखिमलाई हेरेर हामीले उच्च सतर्कता अपनाउन आवश्यक सूचनाका लागि जनशक्ति परिचालन गरेका छौँ,” डिआइजी सुवेदीले भन्नुभयो ।  रासस