९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता

रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता
अ अ+ अ-

रसुवा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।

यसैबीच, बाढीमा फसेका सप्तरीका सञ्जयकुमार साहलाई त्रिशूली ए सुरुङबाट जीवितै उद्धार गरिएको छ ।

प्रहरीकाअनुसार सम्पर्कमा आउनेहरूमा पर्साको वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सुरक्षित फेला परेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई. विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टीका युवराज पाण्डे, औरहीका सचिनकुमार यादव, गौशालाका आदित्यनारायण यादव र बर्दिवासका विकास भारती सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको सबैलाका लक्ष्मण मेहता, हंसपुरका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार, जनकपुरधामका रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव पनि सम्पर्कमा आएका छन् ।

सिरहाको गोलबजारका टार्जन बलम्पाकी, लहानका उमेश यादव र कञ्चनरुपका अजय मरिक समेत परिवारको सम्पर्कमा आएको विवरण प्राप्त भएको छ ।

प्रवक्ता ढकालकाअनुसार हालसम्म सप्तरीका ४७, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन् ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठुलो संख्यामा नागरिकहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन र विवरण संकलन गर्न विशेष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । –न्युज एजेन्सी नेपाल