२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा

कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट् राइट) खोइ ?

कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट् राइट) खोइ ?
अ अ+ अ-

शुरबहादुर सिंह, कर्णाली । संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ । 

तत्कालीन राजा महाराजाहरुले खाने र उच्चकोटीको अन्नका रुपमा हेरिने कालीमार्सीलाई त्यस समयको मात्र नभएर यतिबेला पनि विशेष महत्वको अन्नका रुपमा लिने गरिन्छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन । 

तत्कालीन गौँडा प्रशासनका बेला श्री ३ महाराजालगायत नेपालका शाह वंशीय राजाहरुलाई प्रतिदिन हुलाकबाट पाँचदेखि १० केजीसम्म पठाइने चामल महिनौँ दिनपछि काठमाडौँ पुग्ने गर्दथ्यो । अहिले पनि शक्तिशाली र उच्च ओहदाका व्यक्तिहरुको आहारा बन्ने गर्छ कालीमार्सी । तर पनि बजारमा सजिलै सबैले भन्ने बित्तिकै यो चामल पाउन भने कठिन छ ।  

जुम्लामा सामान्य वर्गले उपभोग र बिक्रीवितरण गरे पनि निर्यातपश्चात् बाहिरी जिल्लामा जाँदा विशिष्ट व्यक्तिहरुको आहाराको प्रमुख परिकार बन्दछ । अर्गानिक हिमाली उत्पादनका रुपमा पनि परिचित छ जुम्लीमार्सी धान । यसको मूल्य बजारमा पाइने विभिन्न प्रकारका चामलभन्दा भने महङ्गो छ । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णन एवं कथन पनि सामाजिक सञ्जालहरु पनि त्यत्तिकै रङ्गिए ।

अधिकतम गुणात्मक महत्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबालीका रुपमा ठानिँदै आएको छ । अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रुपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान फल्ने दृष्टिकोणबाट निकै प्रख्यात छ ।

नेपाल खाद्य अनुसन्धान विभाग खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्याङ्कअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्वहरुसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ । अन्य धानभन्दा जुम्ली मार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले सबैभन्दा बढी चिसो सहन सक्ने क्षमता भएको कालीमार्सी धानमा प्रोटिन र सूक्ष्म तत्वहरु ९आइरन, फोस्फरस०, पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाइने गरेको जनाउनुभयो । “जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुहरुलाई सक्रिय बनाउँछ”, उहाँले भन्नुभयो, “यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ।”

कालीमार्सी धानको सामाजिकमात्र होइन, सांस्कृतिक, धार्मिक महत्व र उपयोग पनि त्यत्तिकै छ । ऐतिहासिक गाथालाई केलाउँदा गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्च कोटीको धान बालीका रुपमा चिनिन्छि यसलाई । चन्दननाथ बाबाको तत्कालीन तपस्या ९आजको अनुसन्धान० बाट यसको प्रतिपादन भएको बताउनुहुन्छ कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य । 

“केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको काश्मीरबाट ल्याएको भनेका छन् । यो नितान्त गलत हो,” आचार्यले भन्नुभयो, “गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।” यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले विसं १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उहाँले बताउनुभयो । 

उहाँले अगाडि भन्नुभयो, “संस्कृतमा ‘भारतवर्षे हिमवते खण्डे नेपाल देशे’ भनेर कालीमार्सी धान उत्पादनको वर्णन गरिएको छ । त्यस्तै, साके संवत् १५१५ मा हरिदास भन्ने विद्वानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । किंवदन्तीअनुसार पछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको शुरुआत गरिएको र त्यो पछि साबिकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरुमा पाइन्छ ।”

यसको उत्पत्ति करीब ५५० वर्षपहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अति महत्व एवं गरिमाको कालीमार्सी धानको स्वामित्वको अधिकार ९प्याटेन्ट राइट० आजसम्म पनि कायम हुन नसक्नु दुःखद कुरा भएको प्रतिक्रिया दिनुभयो ।
    
मूलतः यार्सागुम्बा (जीवन बुटी), गुच्ची च्याउ, कालीमार्सी धान हिमवत् खण्डमा उत्पादन हुने वस्तु हुन् । चिसो ठाउँमा उत्पादन हुने वस्तु मानव स्वास्थ्यका हिसाबले जैविक र पौष्टिक दुवै मानिन्छन् । यीलगायत हिमाली जिल्लामा उत्पादन हुने अन्नबाली, जडीबुटी, काष्ठ तथा गैरकाष्ठहरुको ‘प्याटेन्ट राइट’ नेपालले लिएको छ, या छैन भन्ने विषयमा कुनै जानकारी नभएको सरोकारवालाहरुले बताउँदै आएका छन् । 

विसं २०५७ मा नेपालले विश्व व्यापार सङ्गठनको सदस्य बनेर आफ्नो वस्तु र सेवा व्यापारमा विश्वव्यापी कानून मान्यता प्राप्त गरी ‘प्याटेन्ट राइट’ सुरक्षित गर्न खोजे पनि विसं २०६१ वैशाख ११ (२३ अप्रिल २००४) मा यो डब्लुटिओको सदस्य बनेको छ । जडानमार्सीका रुपले समेत चिनिने जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने हेतुले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र ९नार्क० विजयनगर जुम्लाले कार्य अगाडि बढाएको छ ।  

उक्त धान सूचीकृतका लागि प्रस्तावना तयार गरिएको नार्क जुम्लाका प्रमुख एवं वरिष्ठ वैज्ञानिक तीर्थराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अब भने यसलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौँले सूचीकृत गर्ने भएको छ । 

“ऐतिहासिक विराट गाथा बोकेको धान अहिलेसम्म सूचीकृत नहुनु विडम्बना हो”, केन्द्रका प्रमुख रिजालले भन्नुभयो, “सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा आफ्नो स्वामित्वको अधिकार ९प्याटेन्ट राइट० कायम राख्न सकेको छैन ।” उहाँले कालीमार्सीको उत्पत्ति जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन नेपालले जतिसक्दो छिटो पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ का कारण प्रस्तावना पेश गर्न ढिलाइ भएको बताउँदै उहाँले के–३९ र एन आर १०४८१ दुई जातका धानसमेत सिफारिस गरिएको जनाउनुभयो ।  त्यस्तै केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि प्रस्ताव तयार गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले १२ जातका सिमी परीक्षण गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

केन्द्र प्रमुख रिजालले सिमीको ‘प्याटेन्ट राइट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको बताउनुभयो । उहाँका अनुसार केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भइरहेको छ । ब्लाष्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भइरहेको छ । 

कालीमार्सी शुरुआतको ऐतिहासिक भूमि तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले संरक्षणको अभावमा यो धानको उत्पादनमा कमी आउन थालेको जनाउनुभयो । निकै आडिलो, रक्तचाप, मधुमेहका बिरामीहरुको रोग नियन्त्रण गर्ने क्षमता भएको यो अन्नबालीसहित साबिकको कर्णालीमा उत्पादन हुने सिमी, कोदो, फापर, लट्टे, उवा, चिनो, कागुनो लगायतका रैथाने बालीहरुको संवद्र्धन तथा प्रवद्र्धन गर्न नेपालका सबै तहका सरकार गम्भीर भएर लाग्न उहाँले आग्रह गर्नुभएको छ । 

हिजोआज यसमा भने ब्लाष्ट रोग लाग्न थालेको छ । मार्सी चामलको बजार महत्व बढे पनि ब्लाष्ट रोगका कारण उत्पादन पनि निकै घट्दै गएको छ । यसबारे अनुसन्धान भइरहेको नार्कका वैज्ञानिकहरुले बताएका छन् ।

जलवायु परिवर्तन र पछिल्लो समयमा ब्युटाकलरलगायत विभिन्न विषादीको प्रयोगले यसको अस्तित्व सङ्कटमा पर्न थालेको डर बढाएको छ । संरक्षण र संवद्र्धनमा त्यति ध्यान दिइएको पाइँदैन । मूलतः यसको संरक्षण र आफ्नो उत्पादनमा हाम्रो स्वामित्व ग्रहण अर्थात् कालीमार्सी धानको स्वामित्वको अधिकारलाई सुरक्षित गर्न नेपालले बेलैमा पहलकदमी चाल्नै पर्दछ ।