काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले जितको सिलसिला कायमै राखेको छ ।
गएराति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई २–० गोलले हरायो । घरेलु टोलिलाई जित दिलाउन खेलको १२ औं मिनेटमा कोडी गाक्पोले र ७८ औं मिनेटमा मोहम्मद सलाहले (पेनाल्टी) गोल गरे ।
जितसँगै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढाएको छ । १३ खेलबाट उसको ३४ अंक छ । दोस्रो स्थानको आर्सनलको २५ अंक छ ।
यता, साविक विजेता सिटीको भने यो लगातार चौंथो हार हो । टोलि २३ अंकका साथ पाँचौं स्थानमा छ ।









