१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’का लागि सहकार्य सम्झौता भएको छ ।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता गरेको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरे ।

एसपीएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।

यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ ।

सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए । ‘एसपीएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौं । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढावा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छु,’शाहले भने ।

एसपीएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे । ‘हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सक्छौं । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौं, र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ,’ शाहीले बताए ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।