१४ श्रावण २०८३, बिहीबार
,
Latest
महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवीघाटमा भक्तजनको घुइँचो



अ+ अ-

त्रिशूली । हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिनुभयो ।

देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गमस्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पुर्याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसगैँ तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिनुभयो ।

हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ ।




भर्खरै