१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश



अ+ अ-

काठमाडाैँ । धनुषा जिल्लाका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम श्रावण १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।

कर्फ्यू लागू भएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। आदेश उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनका अनुसार कर्फ्यू क्षेत्रको चारकिल्लामा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्पदेखि हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका हुँदै नगराइन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला हुँदै कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको छ।

प्रमुख जिल्ला अधिकारी लुइटेलले जारी गरेको आदेशमा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ।