७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण

सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण
अ+ अ-

काठमाडाैँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको धार्मिक झडप र त्यसपछि प्रहरीले गरेको बल प्रयोगका विषयमा नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रतिनिधि सभाको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सो घटनामा सरकारको उदासीनता र सुरक्षा निकायको कमजोरीका कारण नागरिकको ज्यान गएको आरोप लगाउनु भयो । सांसद बरालकाअनुसार देवानगञ्ज–३ स्थित सात दशक पुरानो शिव मन्दिर र त्यसको अगाडिको रामचोकमा मुस्लिम समुदायले मोहरमका क्रममा धार्मिक झण्डा गाडेपछि विवादको बीजारोपण भएको थियो ।

उक्त स्थानबाट १० दिनसम्म पनि झण्डा नहटाउँदा स्थानीय स्तरमा धार्मिक अन्तर्विरोध बढेको र यसको जानकारी प्रहरीलाई हुँदाहुँदै पनि समयमै समन्वय नगरेको उहाँले बताउनु भयो ।  साउन १० गते आईतवार राति ‘बोलबम’ का तीर्थयात्री र अर्को समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले विवेकपूर्ण उपाय अपनाउनुको साटो सिधै बल प्रयोग गरेको एमालेको ठहर छ ।

उक्त घटनामा स्थानीय ओमप्रकाश महतोको मृत्यु भएको छ भने जयप्रकाश महतो, रविन्द्र महतो र अमित महतो लगायत १४ जना गम्भीर घाइते भएका छन् । सांसद बरालले सुरक्षा निकायका प्रमुखहरू सो समयमा कार्यक्षेत्रमा अनुपस्थित रहेको र उनीहरूलाई गृहमन्त्रीले राजधानी बोलाएको विषयलाई समेत अर्थपूर्ण रूपमा उठाउनुभएको छ । सांसद बरालले सरकारले समस्याको राजनीतिक समाधान खोज्नुको साटो सैन्य बल प्रयोग गरेर दमन गर्ने नीति लिएको आरोप लगाउनु भयो । विगतमा रौतहट र नेपालगञ्जमा भएका यस्तै घटनाहरूबाट पाठ नसिक्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको तर्क छ ।

बहुसंख्यक हिन्दु र अल्पसंख्यक मुस्लिम दुवै समुदायलाई सुरक्षाको प्रत्याभूति दिनु र धार्मिक सहिष्णुता कायम राख्नु सरकारको दायित्व भएको स्मरण गराउँदै एमालेले यस विषयमा सरकार चुकेको बताएको छ । सांसद बरालले प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल सदनमा उपस्थित भई जवाफ दिन र राजनीतिक पहलका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सभामुखमार्फत निर्देशनको माग गर्नुभएको छ ।