७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवीघाटमा भक्तजनको घुइँचो



अ+ अ-

त्रिशूली । हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।

सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिनुभयो ।

देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गमस्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पुर्याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसगैँ तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिनुभयो ।

हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ ।