३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई

प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सुनसरीमा भएको हिंसात्मक घटनाबाट उत्पन्न संकटको समाधान गर्नको सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार संघीय संसद परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार, सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर मुलुकमा उत्पन्न समस्याको हल निकाल्नुपर्ने बताउनुभएको हो । उहाँले संविधान, कानून वा राजनीतिक विषयमा असहमति भएपनि आफ्ना मागहरु पूरा गराउन हिंसाको बाटो रोज्नु उपयुक्त नहुने बताउनु भयो ।

उहाँले सनसरी घटनालाई साम्य पार्न सरकारको उपस्थितिमाथि गम्भीर प्रश्न उठाउनु भयो । उहाँले मुलुकमा धर्मको नाममा हिंसा फैलिँदा समेत सरकार मौन बसेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको सुरक्षा कमजोरी र प्रशासनिक कमजोरीको कारण सुनसरी घटना भएको समेत बताउनु भयो ।

प्रतिपक्षी दलले मात्र नभई सिंगो देशवासीले सरकार खोजिरहेको प्रमुख सचेत राईको भनाइ छ ।