७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल

स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषयमा भइरहेको बहसप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले संविधानको समिक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ  बनाउने गरि संविधान संशोधन गरिनुपर्ने बताउनु भयो । अध्यक्ष दाहालले संसारका कुनैपनि लोकतान्त्रिक मुलुकमा निर्दलीय प्रणाली प्रभावकारी अभ्यास नभएको उल्लेख गर्दै स्थानीय तहलाई निर्दलीय बनाउने प्रश्तावले सकारात्मक सन्देश नदिएको बताउनु भयो । उहाँले अहिले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुख्य कुरा के हो भने यो संसारमा कतैपनि निर्दलीयता हुन्छ जस्तो लाग्दैन । त्यसकारण संविधान संशोधनको विषय आइराख्दाखेरी स्थानीय तहलाई निर्दलीय बनाउने गरि जसरी बहस गरिएको छ । यसले राम्रो सन्देश दिएको छैन । भएको संघीयता खारेज गर्ने वा संघीयता सबलीकरण गर्ने भन्ने विषयमा गम्भीर बहस हुनुपर्छ । यसमा राष्ट्रिय सभाका समितिहरुले पनि छलफल गर्नुपर्छ । स्थानीय तह, प्रदेश तह र संघको बजेट बाँडफाँडको समस्या कहाँनिर हो ?  त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? सुशासन भनेको के हो ? कुनै व्यक्तिलाई जे मन लाग्यो त्यही बोलेर सुशासन हुने हो कि ?’

कुनै व्यक्तिले जे मन लाग्यो त्यही बोलेर सुशासन स्थापना नहुने उहाँको जिकिर छ ।