७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन

मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन
फाइल फोटो
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछिको पहिलो १०० दिनमा शासकीय सुधारका कार्यसूची कार्यान्वयनमा देखाइएको तत्परताप्रति कर्मचारी तथा सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो।

उहाँले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरीबाट पाठ सिक्दै चालु आर्थिक वर्षका कार्यक्रम सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो। निर्धारित लक्ष्य समयमै हासिल गर्न सबै निकायले परिणाममुखी ढंगले काम गर्नुपर्ने उहाँको भनाइ थियो।

मन्त्री यादवले कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा गइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत डिजिटल हुन बाँकी सबै सेवासमेत तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन उहाँले सचिव तथा विभागीय प्रमुखहरूलाई आग्रह गर्नुभयो।

सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै मन्त्री यादवले मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासनका विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो। उहाँले कर्मचारीलाई पूर्ण इमान्दारिता, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्नुभयो।

चाडपर्व नजिकिँदै गएको अवस्थामा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो।

औद्योगिक वातावरण निर्माण, व्यापार विस्तार तथा मन्त्रालयको समग्र प्रगतिका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू सधैँ तयार रहेको बताउँदै उहाँले सबै कर्मचारी तथा मातहतका निकायलाई आपसी समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गर्नुभयो।

मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायका उपलब्धि, शासकीय सुधारका १०० बुँदे कार्यसूचीको प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।

बैठकमा गत आर्थिक वर्षमा हासिल उपलब्धिलाई प्रभावकारी रूपमा निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लक्ष्य पूरा गर्न सबै महाशाखा, विभाग तथा मातहतका निकायबीच नियमित समन्वय र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो।