२५ श्रावण २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो



अ+ अ-

पोखरा । सहकारी ठगि प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले चौथो पटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराएको हो ।

रविमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद हिजो सकिएको हो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।