१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण
अ अ+ अ-

घोडाघोडी । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्नुहुन्छ । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उहाँले बताउनुभयो ।

दसैँ र तिहारमा पनि उहाँलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उहाँ भने सर्प उद्धार गर्न व्यस्त हुनुहुन्थ्यो । भाइटीका लगाउँदै थिएँ, टीकापुर–५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएँ । राम्रोसँग भाइटीका लगाउन नपाउनुभएका उहाँले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गर्नुभयो ।

दसँैको समयमा पनि उहाँले ३० भन्दा बढी सर्पको उद्धार गर्नुभयो । यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उहाँले बताउनुभयो । उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ । हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उहाँले बताउनुभयो । गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिङ्गरलगायतको उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको धेरैजसो विषालु सर्प छन् ।

विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उहाँ भन्नुहुन्छ, “साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले । सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो । दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ । दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ ।”

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आउनुभएको छ । उहाँको एउटै उद्देश्य छ– टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने । उहाँ भन्नुहुन्छ, “मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ ।” टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आउनुभएको छ ।

कसैको पनि कुनै सहयोगबिना आफूले यो काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “कसैको सहयोगले मात्र काम गर्नुपर्छ भन्ने हँुदैन, आफ्नो इच्छाले गरिरहेको छु । मैले गरेको कार्यले सर्पको पनि उद्धार भइरहेको छ र मान्छेमा सर्प मार्नु हँुदैन भन्ने चेतना पनि फैलिरहेको छ, यसैमा म सन्तुष्ट छु ।”

विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे कक्षा पनि सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । कक्षामा बसेका कतिपय सर्प उद्धार गर्न सक्ने भइसकेको बताउँदै उहाँ भन्नुहुन्छ, “मजस्तै सर्प उद्धार गर्ने र चेतना फैलाउने अरु पनि बनाउन चाहन्छु ।”

उहाँले गरेको कार्यले समुदायमा परिवर्तन हुँदै गएको छ । उहाँले भन्नुभयो, “पहिले सर्प देख्नेबित्तिकै मार्ने गरिन्थ्यो तर अहिले उद्धारका लागि बोलाउँछन् । विभिन्न कार्यमार्फत सर्प उद्धारसँगै चेतना फैलाउन थालेपछि ९० प्रतिशत सर्प मार्ने क्रम घटेको छ ।”

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्याय पेसाले शिक्षक हुनुहुन्छ । उहाँले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्लिस स्कुलमा अध्यापन गराउँदै आउनुभएको छ । पेसाले शिक्षक भए पनि उहाँलाई धेरैले उद्धारकर्ताको रूपमा चिन्ने गरेका छन् । रासस