१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो

खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो
अ अ+ अ-

सुन्दरबजार । ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस बुधबार मनाइएको छ । दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ ।

सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभइ सिङ्गो लमजुङलाई गर्व गर्ने मौका मिलेको बताउनुभयो । दुराको योगदानको कदर र सम्मानमा राज्य स्वयम्ले चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।

खजे पार्कलाई पुरातत्त्वसँग जोडेर यसको ऐतिहासिक, सामाजिक, र आर्थिक महत्व बढाउन प्रतिबद्ध रहने मन्त्री गुरुङको भनाइ थियो । सो अवसरमा पार्कलाई व्यवस्थित बनाउन र दुराको पूर्ण कदको सालिक निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

दुरा र उहाँको समूहले घले राजाबाट आजित भइ विक्रम संवत् १५५० मा पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याइ जशभुं (यशोब्रह्म) शाहलाई राजगद्दी गराएको इतिहासमा उल्लेख छ । त्यहीँबाट शाहवंशले राज संस्था सुरू गरेको बताइन्छ ।