२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप छनोटः कुवेतमाथि नेपालको शानदार जित



अ+ अ-

काठमाडौं । यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको छ । नेपालले कुवेतलाई १०८ रनको फराकिले अन्तरले हराएको हो ।

यो सँगै नेपालले जारी प्रतियोगीतामा दोस्रो जित निकालेको हो । यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।

नेपालले दिएके १३१ रनको लक्ष्य  पछ्याएको कुवेत १३ ओभरमा जम्मा २२ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाईन् ।उनी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् भने सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । यस्तै, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिँदा मनिषाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि युएईको द सेभेन क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो । नेपालको लागि पुजा महतोले सर्वाधिक ३४ रन बनाएकी थिईन्। साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कुवेतका लागि आयेशा इक्बाल पेवेकरले २ विकेट लिएकी थिईन्।

नेपालले अब आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।