२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप छनोटः कुवेतमाथि नेपालको शानदार जित



अ+ अ-

काठमाडौं । यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई फराकिलो अन्तरले हराएको छ । नेपालले कुवेतलाई १०८ रनको फराकिले अन्तरले हराएको हो ।

यो सँगै नेपालले जारी प्रतियोगीतामा दोस्रो जित निकालेको हो । यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।

नेपालले दिएके १३१ रनको लक्ष्य  पछ्याएको कुवेत १३ ओभरमा जम्मा २२ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाईन् ।उनी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् भने सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् । यस्तै, कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिँदा मनिषाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि युएईको द सेभेन क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो । नेपालको लागि पुजा महतोले सर्वाधिक ३४ रन बनाएकी थिईन्। साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कुवेतका लागि आयेशा इक्बाल पेवेकरले २ विकेट लिएकी थिईन्।

नेपालले अब आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।