५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा यथावत



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोलले हराएको हो ।

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र कर्टिस जोन्सले गोल गरे । चेल्सीका निकोलस ज्याक्सनले गोल गरेपनि उनको गोल सान्त्वना गोल भयो ।

सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । तर, ५१ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई पुन २-१ गोलले अघि बढाए । त्यसपछि गोल निस्किन सकेन र लिभरपुल विजयी बन्यो ।

यो नतिजापछि लिभरपुल ८ खेलबाट २१ अङ्कका साथ शीर्षस्थानमा यथावत छ । चेल्सी १४ अङ्कका साथ छैटौं स्थानमा छ ।