१२ श्रावण २०८३, मंगलवार
,
Latest
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले संवैधानिक निकायका पदाधिकारीले प्रश्तुत गर्ने कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्ने बताउनुभएको छ ।

प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाईका क्रममा मंगलवार आफ्नो धारणा राख्दै नेता दंगालले यस्तो बताउनुभएको हो । सुनुवाई समितिको कार्यविधिअनुसार प्रश्तावित पदाधिकारीले प्रश्तुत गर्ने अवधारणा र कार्ययोजना वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संवैधानिक निकायका प्रतिवेदनहरूउपर संसदीय समितिमा छलफल र समीक्षा हुने प्रक्रिया शुरु भइसकेकाले पदाधिकारीहरूको कार्यसम्पादन मूल्यांकन सोही आधारमा गरिने स्पष्ट पार्नुभयो ।

डा. दंगालले सूचना प्रविधिको विकाससँगै निर्वाचन प्रणालीमा देखिएका नवीन चुनौतीहरूप्रति चासो व्यक्त गर्नुभयो । प्रविधिले जीवन सहज बनाए पनि सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (एआई) र अल्गोरिदमका माध्यमबाट फैलिने गलत सूचना तथा दुष्प्रचारले लोकतन्त्र र निर्वाचनको विश्वसनीयतामाथि जोखिम बढाएको उहाँको तर्क छ । उहाँले यस्ता नकारात्मक प्रवृत्तिलाई नियमन र नियन्त्रण गरी स्वच्छ तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रश्तावित आयुक्तसँग ठोस दृष्टिकोण माग गर्नुभयो ।

नेता दंगालले निर्वाचनमा मतदाताको न्युन उपस्थितिको विषयलाई गम्भीरताका साथ उठाउनुभयो। गत निर्वाचनमा करिव ६० प्रतिशत मात्र मतदान हुनुलाई कमजोर मान्दै उहाँले मतदानको अनुपात बढाउनु मुख्य चुनौती रहेको बताउनु भयो । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशअनुसार विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने र आन्तरिक बसाइँसराइ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान प्रक्रिया सहज बनाउने विषयमा ठोस योजना आवश्यक रहेको उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल

 




भर्खरै