२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकाले कार्तिक १५ देखि सार्वजनिक यातायात चढेको पैसा तिर्न नपर्ने



अ+ अ-

काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताउनु भयो ।

उहाँले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुलाई कसरी काम गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? उहाँहरुको सम्पूर्ण सक्रियताअनुसार उपलब्धिहरु दिने स्थिति कसरी दिन सकिन्छ भनेर मन्त्रालयले छलफल गर्ने सन्दर्भमा हामीले उहाँहरुलाई यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन सकियो भने उहाँहरुलाई केही हदसम्म राहत हुनसक्छ भन्ने लागेर यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षज्यु विजयबहादुर स्वाँरज्युलाई सम्पर्क गरेँ ।

उहाँले हाम्रो प्रश्तावमा सहयोग गर्ने कुरा गर्नुभयो । हाम्रो बीचमा समझदारी भएको छ । स्वास्थ्य मन्त्रालयले समन्वय गरेको हो । सुविधा यहाँहरुले दिनुभएको । यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कुनै कसर बाँकी राख्नुहुने छैन । हामीले गरेको समझदारीअनुसार यो पूर्ण रुपमा लागू हुनेछ । महिला स्वास्थ्य स्वयंसेवीलाई उहाँहरुको कार्यक्षेत्रमा निःशुल्क यातायातको प्रवन्ध गर्ने सम्झौता पूर्णरुपमा लागू हुनेछ ।’

कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरुलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरुको शिर उँचो भएको बताउनु भयो । उहाँले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमीकले रोजगार पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कामले हाम्रो पनि शिर ठाडो हुने र समाजप्रतिको हाम्रो दायित्व पनि स्पष्ट हुने विश्वास छ । सार्वजनिक यातायात त सबै निजी क्षेत्रबाट नै सञ्चालन भएको छ । यसमा १२ खर्ब बढी लगानी भएको छ भने १५ लाख प्रत्यक्ष श्रमीकले रोजगार पाउनुभएको छ । निजी क्षेत्रबाट सम्पूर्ण सार्वजनिक यातायातलाई व्यवस्थित गर्न, मर्यादित गर्न हामीले दिने सेवाले पहिचान र हाम्रो पेशालाई राम्रो बनाउँछ ।’

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रुपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा खुशी लागेको बताउनु भयो । उहाँले लामो समयपछि महिला स्वयंसेविकाहरुलाई बल्ल जग खनेर बसोवास शुरु भएको जस्तो महशुस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रुपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा म धेरै नै खुशी छु । महिला स्वयंसेविकाहरुलाई बल्ल जग खनेर बसोवास शुरु भएको जस्तो महशुस भएको छ ।’

महिला स्वास्थ्य स्वयंसेविकालाई ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले महिला स्वयंसेविकालाई खटिएको दिनको दुई हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गर्नुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कार्तिक १५ गतेबाट शुरु हुनेछ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख गरेको छ ।