१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै



अ+ अ-

काठमाडाैँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका केही क्षेत्रमा जारी गरिएको निषेधाज्ञा र कर्फ्यू आदेश कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रमा हिजो साँझदेखि जारी गरिएको कर्फ्यू आदेश मात्र हटाइएको स्पष्ट पारेको छ । राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएपछि अन्य क्षेत्रमा पनि आदेश हटाइएको भन्ने भ्रम सिर्जना भएको भन्दै प्रशासनले निषेधाज्ञा र कर्फ्यू जारी रहेका स्थानबारे स्पष्ट पारेको हो ।

प्रशासनका अनुसार आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश जारी रहेको छ ।

त्यसैगरी, हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रलाई तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

हरिनगर बजार क्षेत्रको कर्फ्यू सीमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म तोकिएको छ ।

भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरीया धार खोलान, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यू लागू गरिएको छ ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यू आदेश जारी छ ।

त्यस्तै, घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यू लागू गरिएको छ ।

देवानगञ्ज बजार क्षेत्रमा भने पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला र उत्तरमा चिउरा मिलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रशासनद्वारा जारी आदेशको पालना गर्न तथा शान्ति र सद्भाव कायम राख्न आग्रह गरेको छ ।