४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
फाईल फोटो
अ+ अ-

काठमाडाैँ । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला (सवारी) चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि हुनुहुन्छ ।

अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको उहाँको दाबी छ । उहाँले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गर्नुभयो । उहाँले पाकिस्तानी दूतावास तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध जनाउन र आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्न अपिल गर्नुभयो । असलमले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दाबी गर्दै सञ्चारमा समस्या भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजना रहेको बताउनुभयो ।

उहाँका अनुसार आन्दोलनकारीहरूले पहिलो रात मकबूल भट शहीद चोकमा बिताउनेछन् । अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेको दाबी गर्दै उनीहरूमाथि बल प्रयोग गरिएको आरोप लगाउनुभयो । उहाँले आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना अधिकारका लागि भएको दाबी गर्दै सुरक्षा बललाई पछि हट्न आग्रह गर्नुभयो ।

ती प्रत्यक्षदर्शीले पनि क्षेत्रमा पूर्ण सञ्चार अवरोध गरिएको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई आन्दोलनको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन अनुरोध गर्नुभयो । गोली चलाइएको, १४ जनाको मृत्यु भएको तथा अन्य आरोपहरू आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूबाट समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।