३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी

धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी
अ+ अ-

काठमाडाैँ । कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् ।

प्राप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । यसैगरी विवादित प्रलेखसम्बन्धी ४१ केस प्राप्त भई ४५ परीक्षण, डिएनएसम्बन्धी तीन केस प्राप्त भई नौ वटा नमुना परीक्षण तथा बायोलोजी÷सिरोलोजी तथा वन्यजन्तु शाखामा दुई केस प्राप्त भई तीन नमूना परीक्षण सम्पन्न भएका छन् । आवको अन्तिमअर्थात् असार महिनामा मात्रै ९१ नयाँ केसमा एक सय नौ नमूना परीक्षण गरिएका छन् ।

तीमध्ये ८९ केसका एक सय चार नमूना लागुऔषधसम्बन्धी रहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आव २०८१÷८२ को वार्षिक प्रतिवेदनले पनि धनगढी शाखामा लागुऔषधसम्बन्धी परीक्षणको चाप उच्च रहेको देखाएको छ । गत आवमा शाखामा एक हजार ३३६ केसका तीन हजार ३८० नमूना प्राप्त भएका थिए । तीमध्ये एक हजार २६९ केस (करिब ९५ प्रतिशत) लागुऔषधसम्बन्धी, ३१ बायोलोजी तथा डिएनए र ३६ विवादित प्रलेखसम्बन्धी थिए ।

प्रतिवेदनअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्ला मात्र नभई कर्णाली र लुम्बिनी प्रदेशबाट समेत लागुऔषधका नमूना परीक्षणका लागि धनगढी शाखामा आउने गरेका छन् । प्रयोगशालाले लागुऔषध, डिएनए, जैविक नमूना तथा विवादित कागजातको वैज्ञानिक परीक्षण गरी प्रहरी, अदालत तथा अन्य अनुसन्धान निकायलाई प्रमाणमा आधारित अनुसन्धान र न्याय सम्पादनमा सहयोग पु¥याउँदै आएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । लागुऔषध कारोबार र ओसारपसारका घटनामा वैज्ञानिक प्रमाणको महत्व बढ्दै जाँदा प्रयोगशालामा आउने नमूनाको सङ्ख्या पनि निरन्तर बढिरहेको उहाँको भनाइ छ ।

“प्रयोगशालामा आउने अधिकांश केसहरु लागुऔषधका रहेका छन् भने ती केस प्रहरीमार्फत आउँछन् । प्रयोगशाला विस्तारपछि सुदूरपश्चिममा लागुऔषध नियन्त्रण, अनुसन्धान र अभियोजनका लागि वैज्ञानिक प्रमाण उपलब्ध गराउन प्रयोगशालाको भूमिका निरन्तर बढ्दै गएको छ”, चौधरीले भन्नुभयो ।

प्रयोगशालाले आव २०८१/८२ देखि डिएनए परीक्षण सेवासमेत दिइरहेको छ । यसबाट पितृत्व तथा जैविक नाता निर्धारण, व्यक्ति पहिचान, वन्यजन्तु अपराध र अन्य जटिल घटनाको वैज्ञानिक विश्लेषण गर्न सहज भएको छ । सरकारको हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार आव ०७६÷७७ को अन्त्यतिर धनगढीमा शाखा कार्यालय विस्तार भई आव २०७७÷७८ देखि कार्यारम्भ भएको थियो । यसले नमुना परीक्षणका लागि काठमाडौँ पढाउनुपर्ने बाध्यताको अन्त्य भई लागत र समयको बचत हुनुका साथै न्यायसम्पादनमा समेत टेवा पुगेको जनाइएको छ ।