९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने



अ+ अ-

काठमाडौं: नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाक्रमको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा दोषीमाथि कारबाहीको माग गर्दै भएको वार्ताका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरीद्वारा चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको आरोप लगाएको छ।

यो पनि पढ्नुहोस- स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

नेपाल चिकित्सक संघले उक्त घटनाको घोर भर्त्सना गर्दै आक्रमणमा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। साथै चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। आन्दोलनका थप कार्यक्रम पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई सहभागी हुन आग्रह गर्दै आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागेको छ। साथै त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको भनाइ छ।